पार्टी एकीकरणबाट निर्वाचनका बेला जनतासमक्ष व्यक्त गरिएका प्रतिबद्धता नेताहरुले पूरा गरेको र अब मुलुक विकास र समृद्धितर्फ अगाडि बढ्ने विश्वासका साथ एकीकरणले सबैमा खुसियाली प्रदान गरेको भन्दै दीपावली गरिएको विघटित एमाले रुपन्देहीका सदस्य बाबुराम पन्थीले बताए ।
एकीकरणको सन्देश अब आमजनतामा पुर्याउने तथा जनताका आवश्यकताका विषयलाई सम्बोधन गर्न राजनीतिक रुपले अब कुनै अवरोध नहुने बताउँदै विघटित माओवादी केन्द्रका नेता वनोद पहाडीले भने–‘यो एकता नेपालको वाम आन्दोलनमा ऐतिहासिक उपलब्धि भएको छ ।’
विघटित एमाले रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले दुवै पार्टीको एकताले अब मुलुकमा राजनितिक स्थिरतासहित शान्ति, स्थायित्व, विकास र समृद्धिको अवसर आएकोे बताए ।
एकताको खुसियालीमा जिल्लाका प्रमुख सहर बुटवल, भैरहवा तथा ग्रामीण क्षेत्रमासमेत दीपावली गरिएको विघटित एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्