राष्ट्रिय प्रजातन्त्र पार्टीले उनको ७३औं जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजना गरेको ‘श्री ५ वीरेन्द्र एक बहुआयामिक व्यक्तित्व’ विषयको गोष्ठीमा सहभागी वक्ताले उनी कुशल नेतृत्वकर्ताका साथै राजनीतिक विश्लेषक भएको बताए । पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजा वीरेन्द्रले मुलुकका सबै क्षेत्रमा सन्तुलित विकास गर्ने उद्देश्यले पाँच विकास क्षेत्रको अवधारणा ल्याएको स्मरण गर्दै उनलाई आफूले देश…