२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बजेटबारे पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै


0
Shares

काठमाडौं, जेठ १६ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे धारणा तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा ११ बजेपछि बस्ने बैठकले सरकारले ल्याएको बजेटबारे पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ ।

सरकारले हिजो १३ खर्ब १५ अर्बको संघीय बजेट सार्वजनिक गरेको थियो । बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका बेला कांग्रेसले आफ्नो धारणा तय गर्न लागेको हो ।

यसअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने कांग्रेसले मौन समर्थन जनाएको थियो ।

संसदीय दलको बैठकमा बजेटबाहेकका अन्य समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।