२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


तस्कर र भ्रष्टाचारी नेपालको विकासमा बाधक हुन् : गृहमन्त्री थापा


0
Shares

चितवन, जेठ १७ । गृहमन्त्री रामबहादुर थापाले श्रम नगरी अकुत सम्पत्ति आर्जन गर्ने र सरकारको रकम दुरुपयोग गरेर भ्रष्टाचार गर्ने तस्कर तथा भ्रष्टाचारी नेपालको विकासमा बाधक भएको बताएका छन् ।

चितवनको सौराहामा नेपाल फोटो पत्रकार महासंघको भेला उद्घाटन गर्दै गृहमन्त्री थापाले भ्रष्टाचार गर्नेहरुको स्टिङ अपरेसन गर्न पत्रकारलाई सुझाए ।

लोकतन्त्र उल्टाउन केही व्यक्तिले अझै षड्यन्त्र गरिरहेको भन्दै गृहमन्त्री थापाले लोकतन्त्रको सुरक्षाका लागि संचारकर्मी चनाखो रहनु पर्ने बताए ।

देशको अर्थतन्त्र ध्वस्त बनाएका राष्ट्र विरोधीहरुलाई कार्बाहीको दायरामा ल्याउने काम सरकारले सुरु गरिसकेको गृहमन्त्री थापाको भनाइ छ ।