शुक्रबार एमाले मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनले अध्यादेश नै अलोकतान्त्रिक तरिकाबाट ल्याइएको जिकिर गरे । आफूले भनेकै हुनुपर्ने नेपाली कांग्रेसको जिद्दीका कारण यो अवस्था आएको ओलीको आरोप थियो । सरकारले देशको अर्थतन्त्रलाई धरापमा पार्ने किसिमले जथाभावी पैसा बाँडेको र मनपरीरुपमा आफन्तहरुलाई विभिन्न निकायमा नियुक्त गरिरहेको भन्दै उनले आक्रोशसमेत पोखे ।