सत्तारुढ दलकै सांसदले भने–‘४ करोड चाहिँदैन’ (भिडियो) • Image Khabar Image Khabar


सत्तारुढ दलकै सांसदले भने–‘४ करोड चाहिँदैन’ (भिडियो)


Imagekhabar
१७ जेष्ठ २०७५, बिहीबार १९:१८

सत्तारुढ दलकै सांसदले भने–‘४ करोड चाहिँदैन’ (भिडियो)

बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै जुम्लाबाट निर्वाचित सांसद महतले आफूले निर्वाचन क्षेत्रमा एउटा हाइड्रोपावर सोचेकोले त्यसमा बजेट हालिदिन माग गर्दै ‘त्योबाहेक एक रुपैयाँ चाहिँदैन’–भने ।

बोल्नेक्रममा निकै भावुक बनेका महतले अर्थमन्त्रीले सांसदहरुलाई अपमान गर्न खोजेको र वडाध्यक्षको ठाउँमा राख्न खोजेको आरोप लगाउँदै ‘कोही मन्त्री भएँ भन्दैमा सांसदलाई बाँध्न पाइँदैन’–भने ।

सन्चारमाध्यमहरुले सांसदहरु संसद बैठकमा उपस्थित हुँदैनन् भन्ने गरेकोमा पनि सांसद महतले आपत्ति जनाए ।

आफूहरुजस्ता सोझासादा सांसदहरु बिहानदेखि बेलुकासम्म बैठककै लागि कुर्ने गरेको भन्दै उनले को–को संसदमा बसेनन् ? को एनजीओको कार्यक्रममा गयो ? भन्ने नाम दिनुपर्ने माग पनि गरे ।

सोझासादा सांसदलाई ‘बलिको बोका’ बनाउन नपाइने उनको भनाइ थियो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्