विराटनगर, जेठ १८ । गृहमन्त्री रामबहादुर थापाले मुलुकका विभिन्न क्षेत्रमा मौलाएको सिण्डिकेट अन्त्य गर्ने दिशामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
विराटनगरमा पत्रकारहरुसँग उनले भने, ‘सरकारको काम कानुन कार्यान्वयन गर्ने हो, कानून हातमा लिने होइन ।’
उनले वैदेशिक रोजगार, उद्योगलगायत जुनसकै क्षेत्रमा हुने सिण्डिकेटविरुद्ध सरकारले कडा कदम चाल्ने बताए ।
उनले ठेकेदारहरुले समयमै काम नगरे सरकारले कठोर कदम चाल्ने चेतावनीसमेत दिए । अनेक बहानामा बजार मूल्य बढाएर कालोबजारी गर्ने उद्योगी व्यापारीलाई पनि कारवाही गरिने उनले प्रष्ट पारे ।









प्रतिक्रिया दिनुहोस्