सोमबार माडीको बाँदरझुलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यसअघि नै सबै दल बहुमतीय निर्वाचन प्रणालीमा जान सहमत भइसकेकाले चुनावमा कमजोर परिणाम आयो भनेर कांग्रेसले कुरा फेर्न नहुने बताए । उनले कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको सहमतिमै बहुमतीय प्रणालीको विधेयकलाई सदनमा पठाएको तर कांग्रेसले एकतर्फीरुपमा राष्ट्रपतिसमक्ष अध्यादेश लगेको दाबी गरे । अध्यक्ष दाहालले वर्तमान…