२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


निर्वाचनमा पराजित भएपनि कांग्रेस कमजोर छैन : शशांक


0
Shares

समाजवाद अध्ययन केन्द्र, भक्तपुरद्वारा आयोजित अपांगता भएका व्यक्तिहरूका लागि सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा उनले निर्वाचनमा पराजित भएपनि कांग्रेस कमजोर नभएको बताए ।

उनले नेपाली कांग्रेस निर्वाचनमा पराजित भएपनि संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा असफल नहुने बताए ।

कांग्रेसको समाजवाद र कम्युनिष्टको समाजवादबीच आकाश–जमिनको फरक रहेको उनको भनाइ थियो । कम्युनिष्टको समाजवाद व्यक्तिवादी तर कांग्रेसको समाजवाद सामूहिक भएको महामन्त्री कोइरालाको तर्क थियो ।

कार्यक्रममा महामन्त्री कोइरालाले अपांगता भएकाहरूलाई ह्विलचियर, बैशाखी, सेतो लठ्ठी, वाकर, ट्वाइलेट कुर्सी तथा झुल वितरण गरेका थिए ।

समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयाँलकाअनुसार अपांगता भएकाहरूमध्ये १७ जनालाई ह्विलचियर, तीनजनालाई बैशाखी, ६ जनालाई सेतो लठ्ठी, एक/एकजनालाई वाकर, नेक बेन्डेज र ट्वाइलेट पट तथा ११५ जनालाई झुल प्रदान गरियो ।

अध्यक्ष फुयाँलले समाजवादका ठूला कुरा गर्नुभन्दा व्यवहार महत्वपूर्ण भएकाले संस्थाले अपांगता भएकाहरूको दैनिकी सहज बनाउन सहयोग गर्नु पनि एक प्रकारको समाजवाद भएको बताए ।

कार्यक्रममा गायक बुद्धिकृष्ण लामिछानेलाई ह्विलचियर प्रदान गर्दै कलाकार सरिता लामिछानेले अपांगता भएका व्यक्ति समाजका दर्पणकारुपमा रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले समाजका दर्पणकारुपमा रहेका अपांग व्यक्तिहरूको सम्मान गर्नु नै समाजवादको बाटोमा लम्कनु भएको बताए । रासस