
झापा, जेठ १३ । ऐतिहासिक जातीय पहिचानका आधारमा स्वायत्त राज्यको माग गर्दै आएका चार राजनीतिक दलहरुबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
आदिवासी जनजाती, दलित, मुस्लिम, मधेसी नागरिकको अधिकारलाई २०७२ सालको संविधानले नसमेटेको र संविधान पुनर्लेखनका लागि सशक्त आन्दोलन गर्ने भन्दै राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता मोर्चाबीच पार्टी एकता गर्ने सहमति भएको हो ।
चार पार्टी सम्मिलित एकता संयोजन समितिले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै एकतामा सहभागी दलहरुबीच ६ बुँदे सहमति भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्