प्रेस स्वतन्त्रता र गणतन्त्र रक्षाका लागि सधैं तयार छौंः अध्यक्ष दाहाल • Image Khabar Image Khabar


प्रेस स्वतन्त्रता र गणतन्त्र रक्षाका लागि सधैं तयार छौंः अध्यक्ष दाहाल


Imagekhabar
१३ जेष्ठ २०७५, आईतवार १८:१२

प्रेस स्वतन्त्रता र गणतन्त्र रक्षाका लागि सधैं तयार छौंः अध्यक्ष दाहाल

काठमाडौं, जेठ १३ । नेपाल कम्युष्टी पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रेस स्वतन्त्रता र गणतन्त्र रक्षाका लागि कम्युनिष्ट पार्टी सधैं तयार रहेको बताएका छन् ।

राष्ट्रिय एकता, जनताको समृद्धि र सुशासनका लागि पार्टी एकता भएको पनि बताए ।

स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको १६ औं स्मृती दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उनले सत्ता र प्रतिपक्षी मिलेर अघि बढ्दा नै देशले गति लिने बताए ।

कार्यक्रममा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले नेपालको पत्रकाररिताको गुणस्तर सुधार हुनुपर्ने भन्दै स्वच्छन्द प्रेसले पत्रकारिता जिम्मेवार नहुने बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार रघु मैनालीलाइ कृष्णसेन इच्छुक पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्