
मंगलबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे आधिकारिक धारणा सार्वजनिक गर्न बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट संघीयता कार्यान्वयनको मर्मविपरीत भएको टिप्पणी गरेको हो ।
कांग्रेसले बजेट कुनै नीति र प्राथमिकताबिनाको, कार्यान्वयन भन्दापनि सपना देखाउने दस्तावेजकारुपमामात्र ल्याइएको आरोप लगाएको छ ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले करको दायरा वृद्धि गर्नुको सट्टा जनतालाई करको भार बोकाएको भन्दै बजेटले आमनागरिकलाई १४ हजारभन्दा बढी थप ऋणभार बोकाएको प्रतिक्रिया दिए ।
लगानी प्रवद्र्धन गर्ने दिशातर्फ उन्मुख हुनुपर्नेमा बजेटले निजी क्षेत्रलाई पूरै बेवास्ता गरेको टिप्पणी पनि कांग्रेसको छ ।
जनता तर्साउने काम
एक अर्को प्रसंगमा नेपाली कांग्रेसले ज्यान मुद्दामा दोषी ठहर बालकृष्ण ढुंगेललाई जेलमुक्त गरेर सरकारले जनता तर्साउने काम गरेको आरोप लगाएको छ ।
राजनीतिक उद्देश्यले ढुंगेलको रिहाइ गरिएको भन्दै कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाउने जनाएको छ ।
बैठकमा पूर्वअर्थमन्त्री, पूर्वयोजना आयोगका उपाध्यक्षलगायत अर्थविद्लाई पनि बोलाएर छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्