काठमाडौं, साउन २८ । प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ पेस गरेका छन् । उक्त विधेयककाबारेमा उठेको प्रश्नको जवाफमा गृहमन्त्री थापाले खुला सिमाना नियमन गर्ने सन्दर्भमा भारतसँग छलफल भइरहेको जानकारी दिँदै विगतको सन्धि–सझौताका कारण जुन किसिमले नियमन गर्नुपर्ने हो, त्यो भइनरहेको बताए । उनले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेकका अरु…