Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


प्रतिपक्षी दलले अधिनायकवादको कृत्रिम हल्ला फैलायो : परराष्ट्रमन्त्री


0
Shares

भक्तपुर, साउन २७ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षी दलले अधिनायकवादको कृत्रिम हल्ला फैलाएर सरकारविरुद्ध जनतामा भ्रम फैलाउने प्रयास गरेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले आइतबार भक्तपुरमा गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले लोकतान्त्रिक पद्धतिबाट गठन भएको सरकारविरुद्ध भ्रम फैलाउनुको कुनै औचित्य नभएको बताए ।

प्रतिपक्षी दलले फैलाएका कृत्रिम हल्लाले सरकारलाई कुनै असर नपार्ने उनको भनाइ थियो ।

मन्त्री ज्ञवालीले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट पार्दै देशमा शान्ति सुरक्षा कायम गर्न, सुशासनको प्रत्याभूति दिलाउन र देशलाई समृृद्धितर्फ लैजान दृढ रहेको बताए । प्रतिपक्षका रुपमा नेपाली कांग्रेसले विरोधका लागि विरोधमात्रै गरेको उनको टिप्पणी थियो ।

एक अर्को प्रसंगमा उनले नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउन र वैदेशिक लगानी अभिवृद्धि गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्र्याउन पहल भइरहेको बताए । अहिले परिपक्व, अनुकूल र राम्रो बाह्य सम्बन्ध विस्तार भएको उनले बताए ।