Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


बिप्लव समूहका प्रवक्ता विश्वकर्मा थप ३ दिन थुनामा


0
Shares

काठमाडौं । जबरजस्ती चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

विश्वकर्मा विगत ५ दिनदेखि प्रहरी हिरासतमा छन् । उनीमाथि उद्योगी व्यापारीलाई धम्क्याएर सात करोडभन्दा बढी चन्दा असुली गरेको आरोप छ ।

ललितपुरको चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मालाई रिहाईको माग गर्दै हिजो सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

खड्ग बहादुरका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका हुन् ।