Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


समितिका सभापतिको निर्वाचन भदौ ५ मा


0
Shares

काठमाडौं, साउन २८ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिका सभापतिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिए ।

समितिहरुको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आएका छन् ।

उक्त निर्वाचनका लागि संघीय संसद सचिवालयले सोमबारै निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ । रासस