Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


पूर्व सांसद राणाको निधनमा शोध प्रकट गर्दै प्रतिनिधिसभा बैठक स्थगित


0
Shares

काठमाडौं, साउन २७ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पहिलो संसद्का सांसद भरतशमशेर राणाको निधनप्रति शोक व्यक्त गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

संसद् भवन बानेश्वरमा आज बसेको प्रतिनिधिसभाको बैठकले पूर्वसांसद राणाको निधनप्रति शोक व्यक्त गरेको हो ।

सभामुख कृष्णबहादुर महराले पेश गरेको शोक प्रस्ताव सर्वसम्मतले पारित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ ।