Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


निश्चित समयपछि समृद्धिको प्रतिफल प्राप्त हुन्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि मात्रै समृद्धिको प्रतिफल पाउन सकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै भनेका छन्, ‘गरीब देशबाट धनी देश, पछौटे देशबाट सम्पन्न देश, बेरोजगारको देशबाट रोजगारको देश समृद्धिका लागि हाम्रो दिशा यही हो ।’

उनले हामीसँग स्रोत साधनको कमी नभएको उल्लेख गर्दै भनेका छन्, ‘ती स्रोत साधनलाई समुचित प्रयोग गर्ने स्थायी नीति बनाएर अघि बढिरहेका छौं । निश्चित समयपछि यसको प्रतिफल प्राप्त हुन्छ ।’