२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


एमालेमा विवाद मिलाउन तीन सदस्यीय कार्यदल

काठमाडौं, चैत २३ । नेकपा एमालेका केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयनको विवाद टुंगो लगाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको सचिवालय बैठकले पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदलले थप गृहकार्य गरी प्रस्ताव ल्याउन जिम्मेवारी दिएको हो…