गुल्मीमा झडपपछि स्थिति तनाबग्रस्त, सांसदसहित ‘दुईदर्जन’ घाइते (भिडियो) « Image Khabar


गुल्मीमा झडपपछि स्थिति तनाबग्रस्त, सांसदसहित ‘दुईदर्जन’ घाइते (भिडियो)


Imagekhabar
१ पुष २०७३, शुक्रबार १४:५१

तारा भुसाल (इमेज)

अपडेट
गुल्मी, पुस १ । ५ नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनका क्रममा शुक्रबार प्रहरी र बन्दकर्ताबीच झडप हुँदा गुल्मी सदरमुकाम तम्घास बजार तनाबग्रस्त बनेको छ ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला प्रहरीले तोड्न खोज्दा झडप भएको हो ।

झडपमा नेकपा मालेकी सांसद कमला बिकसहित दुईदर्जन आन्दोलनकारी घाइते भएको संघर्ष समितिले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब दुईदर्जन अश्रुग्यास प्रहार गरेको थियो ।

आक्रोशित आन्दोलनकारीले दुईओटा सवारी–साधनमा आगजनी गरेका छन् ।

दमन गरेको भन्दै आन्दोलनकारीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना र प्रहरी नायव उपरीक्षक भोला रावलको सरुवाको माग गरेका छन् ।

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्