१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


५ नम्बर प्रदेश विभाजनको विरोधमा १२ जिल्ला बन्द


0
Shares

बुटवल, पुस १ । ५ नम्बर प्रदेश विभाजनको विरोधमा आजबाट १२ वटा जिल्ला बन्दको आह्वान गरिएको छ ।

विभिन्न राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतको संयुक्त संघर्ष समितिले पाँच नम्बर प्रदेशअन्तर्गतका रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी, पाल्पा, रोल्पा, प्युठानलगायतका जिल्ला बन्द आह्वान गरेको हो ।

यी जिल्लामा यातायात, पसल, शैक्षिक संघसंस्था सञ्चालन हुन सकेका छैनन् । पूर्व–पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गमा पनि अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

प्रदर्शनकारीले जिल्लामा सदरमुकाम केन्द्रित भएर आन्दोलन चर्काएका छन् । आन्दोलनकारीले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।

सरकारले प्रदेश नम्बर ५ का पहाडी र तराईका जिल्लालाई अलग–अलग बनाउने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गराएको विरोधमा यो प्रदेशमा पर्ने सबैजसो जिल्लामा प्रदर्शन भइरहेको हो ।

यसैबीच गुल्मी भने १७ दिनदेखिको आमहड्तालले उकुसमुक भएको छ । लामो बन्दका कारण जिल्लाका सर्वसाधारणको जनजीवन निकै कठिन बनेको छ ।