पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा बुधबार बसेको अध्यक्षमन्डलको बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल भएको हो । राजपा अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको भावी रणनीति, केन्द्र तथा प्रदेश संसदीय दलको विधान निर्माणलगायतका विषयमा छलफल भएको जानकारी दिए । संसदीय दलको नेता छान्न बिहीबार (भोलि) संसदीय दलको बैठक बोलाउने…