प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सनमा सहभागी हुँदैछन् । त्यसपछि उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । राष्ट्रपतिसँगको भेटपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आजै बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर प्रधानमन्त्री ओलीले माल्यार्पण गर्ने कार्यक्रम पनि छ । त्यसपछि प्रधानमन्त्री ओलीले साढे…