काठमाडौं, असोज २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुईतिहाइ बहुमत पाएको कम्युनिस्ट सरकारलाई असफल बनाउन देशी–विदेशी शक्तिहरु लागिपरेको आरोप लगाएका छन् ।
बडादसैंको शुभकामना आदान–प्रदानका लागि शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उनले जस्तोसुकै परिस्थितिमा पनि चुनावका बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने आश्वासन दिए ।
छिमेकी मुलुकहरुसँग गरिएका सम्झौताले देशको आर्थिक विकासमा ठूलो सहयोग पुर्याउने भन्दै उनले त्यस्ता सम्झौताहरु सकारात्मक पक्ष भएको उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्