काठमाडौं, असोज २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवता विरोधी घटनालाई ‘द्वन्द्वकालिन घटना’ भनेर छुट नदिने बताएका छन् ।
पत्रकार शुभशंकर कँडेलको पुस्तक ‘अवतरण’को आज राजधानीमा विमोचन गर्दै उनले शान्ति प्रकृया टुङ्गिएर देश नयाँ युगमा प्रवेश गरे पनि त्यसका अवशेषहरु बाँकी रहेको र त्यसलाई पनि मौलिक ढंगले टुङ्ग्याउने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सत्ताले अनावश्यक शक्ति प्रयोग गर्यो भने प्रतिवाद हुने बताए ।
त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले दुई तिहाईको सरकार भएर पनि जनताले सुशासनको महसुस गर्न नपाएको धारणा राखे ।
माओवादी सशस्त्र संघर्ष, रुपान्तरणको विवाद र एमाले माओवादी एकतामा आधारित रहेर उक्त पुस्तक लेखिएको हो ।









प्रतिक्रिया दिनुहोस्