काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक अहिले बसिरहेको छ ।
हिजो दिउँसोका लागि तय भएको सचिवालय बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण स्थगित भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय संगठनको एकता, सरकारको कामकारबाहीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
बैठकले एकता प्रक्रियालाई थप सार्थक बनाई सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
केही दिन पहिले बसेको सचिवालयको बैठकले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तय गरेको थियो ।
तर त्यसमा पार्टीकै केही वरिष्ठ नेताले आपत्ति जनाउँदै आएका छन् । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्