Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात, पाटन अस्पतालमा भर्ना


650
Shares

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि आज बिहान पाटन अस्पतालमा भर्ना गरिएको छ।

पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।

उपचारमा सकारात्मक सुधार भइरहेकाले पर्सिसम्म अस्पतालबाट घर फर्काउन सकिने सम्भावना रहेको जनाइएको छ।