Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः महत


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

पार्टी सम्पर्क कार्यालय चुनदेवीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उहाँले सुशासनको प्रतिवद्धतासहित बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको र राज्यका विभिन्न संरचनामा अन्योल बढेको आरोप लगाउनुभएको हो । प्रशासनतन्त्र र संवैधानिक निकायको सञ्चालनमा विधि तथा प्रक्रिया पालना नभएको भन्दै उहाँले सरकारलाई कानूनी शासनको प्रत्याभूति गराउन आग्रह गर्नुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै महतले सञ्चारकर्मीको अभिव्यक्ति र सूचना सम्प्रेषण गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । बिना आधार पत्रकार तथा सञ्चारमाध्यममाथि धरपकड गर्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उहाँको भनाइ छ ।

सरकारले निर्वाचनका क्रममा गरेका प्रतिवद्धताअनुसार काम नगरेको भन्दै उहाँले सुशासन, विधिको शासन र नागरिकका सरोकारका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Skip This