Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


बेपत्ता चालक तीन दिनपछि मृत फेला


0
Shares

काठमाडौं ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्याम नजिकै रहेको सिमखोलामा गत सोमबार स्कुटरसहित वेपत्ता भएका स्कुटर चालकको शव फेला परेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोला किनार भन्दा केही तल शव फेला पारेको हो । शव फेला परेका ब्यक्ति सर्लाहीको बागमती नगरपालिका १ का २९ वर्षीय महेश कुमार कार्की भएको पनि खुलेको छ ।

उनको स्कुटर भने गत मंगलबार नै फेला परेको थियो । शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।