Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


काठमाडौं–७ का सांसद मानन्धरले भने–‘पदत्यागको पत्र पार्टीमा बुझाइसकें’


0
Shares

काठमाडौं, असोज २३ । काठमाडौं क्षेत्र नम्बर–७ का सांसद रामवीर मानन्धरले पदत्यागका लागि तयार भएको पत्र पार्टीमा बुझाएको स्पस्ट पारेका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सांसद मानन्धरले आफूले सांसद पदत्याग गर्न तयार रहेको पत्र सोमबार पार्टी नेतृत्वलाई बुझाएको जानकारी दिएका हुन् ।

पार्टीले निर्णय गरेपछि सांसद पदको राजीनामा संसद सचिवालयमा बुझाउने पनि उनले बताए ।

उक्त क्षेत्रबाट नेकपाका नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने रणनीतिअन्तर्गत् आफूले राजीनामा दिन चाहेको पनि मानन्धरले बताए ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मानन्धर तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।