काठमाडौं, भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओली र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पो छिरिङ वाङचुकबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनकाक्रममा उनीहरुबीच द्विपक्षीय वार्ता भएको हो । बिम्स्टेक शिखर बैठकमा भाग लिने सिलसिलामा प्रमुख सल्लाहकार वाङचुक बुधबार बिहान…