गोरखा । गोरखामा नेत्र विक्रम चन्द विप्लव समुहको नेकपाका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा समूहले पछिल्लो समय गरेको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै समूह परित्याग गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा समूहले गरेको क्रियाकलाप आफूहरुलाई मान्य नहुने उल्लेख गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्