Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्छः नेता पौडेल


0
Shares

जनकपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याएका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित कार्यक्रममा उनले हिमाल, पहाड र तराईबीच पारस्परिक एकताका आधारलाई बलियो बनाउनु जरुरी रहेको भने ।

नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसाले नेपाल सम्पन्न मुलुक बन्न सहज हुने धारणा राखे ।