काठमाडौं, भदौ २९ । नेपाली कांग्रेसको भगिनीसंस्था नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । भृकुटीमन्डपमा आयोजित महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पार्टीको तर्फबाट पार्टीका हरेक निकायमा महिलालाई विशेष स्थान दिने बताए । उनले पार्टीका गलत क्रियाकलापकोविरुद्ध खबरदारी गर्न महिलाहरुलाई आग्रह गरे । यस्तै,…