२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


भारत भ्रमणका क्रममा कुनै नयाँ सन्धि सम्झौता गर्दिन् : प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चार दिने भारत भ्रमण पुराना सन्धि सम्झौता कार्यान्वयनमा केन्द्रीत रहने बताएका छन् ।

व्यवस्थापिका संसद्को आज बसेको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी गराउँदै भ्रमणका क्रममा नयाँ सन्धि सम्झौता गर्नेभन्दा पुरानालाई कार्यान्वयन गर्न आफू केन्द्रित हुने बताएका हुन् ।

उनले असल नियतका साथ दुई देशबीच विश्वासको वातावारण बनाउन प्रयास गर्ने जानकारी दिए । हुलाकी मार्गको पहिलो चरणको निर्माण र दोस्रो चरणको सहायताबारे छलफल गर्ने तयारी गरिररहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले उर्जा व्यापार सम्झौता, पञ्चेश्वरको डिपीआर र भूकम्पपछिको पुनर्निर्माणमा सहयोगबारे भ्रमणका क्रममा छलफल हुने जानकारी दिए ।

त्यसैगरी एकीकृत चेकपोस्ट, भारत सरकारले घोषणा गरेको सहुलियत दरको ऋण, सीमा क्षेत्रमा देखिएको डुवान र विसाखापट्टनमबाट रेल सेवा सञ्चालन गर्नेतर्फ आफूले ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो ।