भारत भ्रमणका विषयमा प्रधानमन्त्रीद्वारा संघीय गठबन्धनसँग छलफल • Image Khabar Image Khabar


भारत भ्रमणका विषयमा प्रधानमन्त्रीद्वारा संघीय गठबन्धनसँग छलफल


Imagekhabar
२९ भाद्र २०७३, बुधबार २२:४५

भारत भ्रमणका विषयमा प्रधानमन्त्रीद्वारा संघीय गठबन्धनसँग छलफल

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग आफ्नो भारत भ्रमणबारे बुधबार छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनमा आवद्ध नेताहरुले देशभित्रको समस्या समाधान गरेर विदेश भ्रमण गर्दा राम्रो हुने बताएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले मुलुकको समस्याप्रति सरकार सचेत रहेको भन्दै सबै पक्षको सहमतिमा संविधान संशोधन अघि बढाइने बताएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्