काठमाडौं, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपत्यका संयोजक कैलाश कटुवालले मुलुकको समृद्धिका लागि राजा आवश्यक रहेकोमा जोड दिएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको उपत्यका भेलामा उनले राजासहितको नेपालबाट मात्र नेपालीको समृद्धि हुने बताए । उनले अब राजा आउने र देश बचाउने हैन, जनता आएर राजा ल्याउने दावी…