कन्चनपुर, पुस २७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले अपारदर्शी ढंगले काम गरिहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कन्चनपुर शाखाले शुक्रबार महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सबैतिरबाट पारदर्शीताको माग भइरहेका बेला सरकारका काम–कारबाही अपारदर्शी देखिन थालेको टिप्पणी गरे । अर्बौं रुपैयाँका परियोजनामा पनि टेन्डर नहाली प्रधानमन्त्री आफैंले दिन पाउने व्यवस्था…