काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लोकेन्द्रराज थापा र केशवबहादुर बुढालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय मीरा खड्का र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सोमबार सो पार्टी निकट टे«ड युनियनका थापा र बुढालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “उचित र पर्याप्त कारण उल्लेख गरेको नदेखिँदा…