६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भीडले कानुन नियन्त्रण गर्न खोजे क्षम्य हुँदैन : सञ्चारमन्त्री


0
Shares

बुटवल, भदौ ८ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संसदमा दर्ता भएको मिडिया विधेयक छिटै पारित हुने बताएका छन् ।

प्रेस सेन्टरले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले मुलक र जनताप्रति जवाफदेही भएर हुने पत्रकारितालाई सबैतिरबाट सम्मान हुने दाबी गरे ।

उनले विधेयकलाई तलमाथि गर्न नसकिने पनि स्पष्ट पारे । मिडियाको दुरुपयोग भइरहेकाले नयाँ परिस्थितिअनुसार कानुनहरु आइरहने र दुरुपयोग गर्नेलाई दण्डित गरिने उनको भनाइ थियो ।

सामाजिक सञ्जाललाई पनि नियन्त्रण गर्न जरुरी भइसकेको भन्दै उनले भीडले कानुन नियन्त्रण गर्न खोजे क्षम्य नहुने धारणा राखे ।