काठमाडौं, पुस २३ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एसिया प्यासिफिक सम्मेलनमा होली वाइन र क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा एसिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नता र विदेशमा भएको यसको प्रचारबारे सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले क्रिश्चियन धर्मको प्रचारक बन्न खोज्यो भन्ने ढंगबाट गरिएको प्रचार…