Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


लोकतन्त्रमाथि संकटको बादल मडारिन थाल्यो : देउवा


0
Shares

काठमाडौं, भदौ ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि संकटको बादल मडारिन थालेको बताएका छन् ।

स्व. गोपालराज पहाडीको छैटौं पुन्यतिथिका अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा देउवाले लोकतन्त्र जोगाउन कांग्रेस सक्रिय हुनुपर्ने समय आएको बताए ।

निजी स्वार्थभन्दामाथि उठेर राष्ट्रिय हितका लागि अग्रसर हुन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा स्व. पहाडीको स्मृतिमा निकालिएको पहाडी स्मृतिग्रन्थको विमोचनसमेत गरिएको थियो ।