Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


नेकपा सचिवालय बैठकमा भएन कुनै निर्णय


0
Shares

काठमाडौं, भदौ ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा महानगरपालिकास्तरीय समितिका अध्यक्ष र सचिवबारे छलफल भएको छ ।

गृहकार्य नपुगेको भन्दै छलफलका विषयमा कुनै निर्णय हुन भने सकेन ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा महानगर अध्यक्ष र सचिव, प्रवास कमिटी र आयोगहरुबारे छलफल भएको थियो ।

तर, कुनै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए ।

उनले सांगठनिक एकताका बाँकी काम टुंग्याउनेबारे बिहीबार बिहान पुनः सचिवालय बैठक बस्ने जानकारी दिए ।

सांगठनिक एकताका कामहरु टुंग्याउँदै लगे पनि नेकपाभित्र एकता प्रक्रियाकै विषयलाई लिएर विवादहरु बढ्न थालेको छ ।