२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लोकतन्त्रमाथि चौतर्फी आक्रमण शुरु भयो : डा.कोइराला


0
Shares

विराटनगर । नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाले दुई तिहाईको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्दा लोकतन्त्रमाथि चौतर्फी आक्रमण शुरु भएको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रमा विश्वास नराख्ने तत्वहरुको चलखेलका कारण लोकतन्त्रनै संकटमा पर्ने अवस्था आएको बताएका हुन ।

राजतन्त्रका पक्षधर र नेकपा विप्लव समुहले लोकतन्त्र समाप्त पार्न आफना गतिविधि बढाएको उनको जिकिर थियो ।

नेता कोइरालाले सरकारले जनचाहना अनुरुप काम गरे अस्थिरता मच्याउने तत्वहरु आफै निस्कृय हुने धारणा राखे ।