Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


गम्भीर छलफल !


0
Shares

मीरा बस्नेत (इमेज)

काठमाडौं, भदौ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्लै अगाडि बढ्न खोजेको, एकदलीय अधिनायकवाद लाद्न खोजेको भनेर विपक्षी दलहरुले आरोप लगाइरहेका बेला उनले सर्वदलीय बैठक आह्वान गरे ।

संक्रमणकालीन न्यायनिरुपणका लागि भनिएको सर्वदलीय बैठकमा गम्भीर विषयमा छलफल भएको छ ।

सडकमा कुनै सशक्त आन्दोलन नभएपनि किन नेताहरु राजसंस्थाको कुरा गरिरहेका छन् ? भनेर इमेज समाचारमा हामीले लगातार समाचार प्रसारण गर्‍यौं ।

हाम्रो आशंका थियो, सतहमुनि त केही भइरहेको छैन ? किनकि, पछिल्ला दिनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालगायतले राजसंस्था र हिन्दुधर्मकाबारेमा बोलिरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले त संसदमै यो विषयमा बोले ।

यो विषय कति गम्भीर भइसकेको रहेछ भन्ने पुष्टि मंगलबारको सर्वदलीय बैठकमा भएको छलफलले नै संकेत गरेको छ ।

बैठकपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली र संविधानलाई क्षतविक्षत गर्ने प्रयत्न भइरहेको भन्दै यसका लागि लडेका सबै शक्ति एकजुट हुन सर्वदलीय बैठक आह्वान गरिएको बताए ।

यो आफैंमा एकदमै गम्भीर विषय हो । संविधान जारी भएपछि ‘अब राजनीतिक आन्दोलन सकियो, समृद्धितर्फ लाग्यौं’ भनेका राजनीतिक दलहरु अहिले फेरि पुरानै विषयमा छलफल गर्न एकजुट हुनुपर्ने अवस्था आउनु विडम्बनापूर्ण छ ।

बैठकले नेत्रविक्रम चन्द र राजा वा राजवादीहरु उपलब्धि उल्टाउने प्रयासमा लागेको विषयमा छलफल गरेपनि प्रतिगमन हुन्छ भन्ने ठहर भने नगरेको जानकारी श्रेष्ठले दिए ।

चन्दका गतिविधि सबैलाई जानकारी भएकै विषय हुन् । उनकाविरुद्ध सरकार सक्रिय भएर लागेको पनि छ ।

तर, उनलाई प्रतिबन्ध लगाउने र धरपकड गर्नेसहितका निर्णय गर्दा सर्वदलीय सहमति आवश्यक नठानेको सरकारले अहिले किन यो विषय छलफलमा ल्यायो ?

अर्कोतर्फ राजा वा राजावादीहरुले कुनै सशक्त आन्दोलन गरेको जनतालाई थाहा छैन । तर पनि सरकार गम्भीर छलफल गर्नुपर्ने स्थितिमा पुग्नु भनेको सतहमुनि केही भइरहेको छ ? भन्ने आशंका नै हो ।

भिडियो हेर्नुहोस्