Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेकपा सचिवालय बैठक तीन बजेसम्मका लागि स्थगित


13
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नेताहरुको कार्यविभाजबारे छलफल भइरहेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै दिउँसो तीन बेजका लागि सारिएको नेकपा सचिवालयले जनाएको छ ।

पार्टी एकताका बांकी काम टुंगो लगाउने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, स्वास्थ्य उपचारका लागि प्रधानमन्त्रीको भोलिदेखि हुने सिंगापुर भ्रमणलगायतका विषयमा अध्यक्षद्वयबीच छलफल भइरहेको बताइएको छ ।

दुई अध्यक्षबीच वरिष्ठ नेता माधवकुमार नेपालको फरक मतका विषयमा समेत छलफल हुने भएको छ ।