काठमाडौं । नेपाली काङ्ग्रेसमा नेपाल विद्यार्थी सङ्घको पदावधि समाप्त भइसकेको वर्तमान केन्द्रीय समितिलाई निरन्तरता नदिने पक्षमा आवाज बलियो हुँदै गएको छ काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि…