१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अन्तर्घातलाई पार्टी नेतृत्वले नै आमन्त्रण गर्दा समस्या : पौडेल


0
Shares

काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तर्घातलाई पार्टी नेतृत्वले नै आमन्त्रण गर्दा समस्या आएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस स्याङ्जा–काठमाडौं सम्पर्क समितिको शुभकामना आदन–प्रदान कार्यक्रममा बोल्दै उनले कम्युनिस्टका कारणभन्दा पनि पार्टी नेताहरुको चरित्र र कार्यशैलीका कारण नीति जितेर पनि कांग्रेसले हारेको बताए ।

नेता पौडेलले अब गम्भीर समीक्षा गरेर सुधारको प्रतिबद्धता व्यक्त गर्नुपर्ने उल्लेख गरे ।

पैसा र हिंसाको राजनीतिले लोकतन्त्र समाप्त हुने भन्दै उनले त्यस्ता गतिविधिमा नलाग्न नेताहरुलाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङलगायतले अबको निर्वाचनमा पार्टी पहिलो हुने अभ्यासका साथ लाग्नुपर्नेमा जोड दिएका थिए ।