सिरहा, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको पक्षमा आफूले संविधान संशोधनका लागि लगातार पहल गरिरहेको बताएका छन् । सिरहाको अर्नमा गाउँपालिका–१, महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘संविधानलाई मधेसी जनताको आवश्यकताअनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका…