अनिल तिवारी (इमेज) वीरगन्ज, माघ २९ । वीरगन्ज महानगरपालिकास्थित घन्टाघरको उत्तरपट्टि रहेको जग्गामा पूर्वसम्झौताविपरीत प्रदेश सरकारले सहिद पार्क बनाउन लागेपछि विवाद बढ्दै गएको छ । बीपी उद्यान निर्माणको प्रयोजनका लागि महानगरको स्वामित्वमा रहेको उक्त जग्गामा प्रदेश सरकारले हस्तक्षेप गरेपछि महानगर र प्रदेशबीचको विवाद चुलिँदै गएको हो । वीरगन्ज महानगरपािलकास्थित घन्टाघरबाट उत्तरतर्फ रहेको १० विगाहा जग्गामा…